भिभो ह्यान्डसेट किन्दा अनिवार्य उपहार, टिभिएस स्कुटर, स्मार्ट टिभी, इयर बड, पावर व्यांक लगायत पाइने


बडा दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले ग्राहकहरुका लागि भिभो ह्यान्डसेटको खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको प्रस्ताब घोषणा गरेको छ ।

दशैंको यो विशेष प्रस्ताब योजना असोज २३ देखि मंसिर १५ सम्म नेपालभर लागू हुने भिभो नेपालले जनाएको छ ।

चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो ह्यान्डसेटहरुको खरिद गर्नेहरुलाई निश्चित रुपमा उपहार प्रदान गर्ने योजना ल्याएकोछ । १५ हजार रुपैंयाभन्दा माथिको मूल्यका मोबाइलको खरिदमा विना लागत समान मासिक किस्ता र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक अफर लागू हुने बताइएको छ ।

दशैको विशेष लक्की ड्र मार्फत १२ हजार भन्दा बढि भिभोका ग्राहकहरुलाई ४३ इन्चको स्मार्ट टिभी, इयर बड, पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इयरफोन लगायतका उपहार प्रदान गरिने भिभो नेपालले जनाएको छ । दुई भाग्यशाली ग्राहकलाई बम्पर उपहार मार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर प्रदान गरिने छ ।

भिभो नेपालका कार्यकारी प्रमुख मार्सले भने “यो प्रस्ताब योजना चाडपर्वको अवधीभर मान्य रहनेछ भने चाडपर्वको अवसरमा हाम्रो ग्राहकहरुलाई खुसी पार्ने उत्तम अवसर पनि हो । नेपालमा रहेको ग्राहकहरुले हामी प्रति देखाएको सद्भाव, प्रेम र कृतज्ञताको लागि हामीले यो लक्की ड्र लाई एक प्रतिकको रुपमा प्रस्तुत गरेका छौं । स्थापनाकाल देखिनै हामीले बजारमा ल्याएको नविन स्मार्टफोनहरुलाई हाम्रा ग्राहकहरुले अत्याधिकरुपमा रुचाएको हामीले देख्यौ । सबै भिभो प्रयोगकर्ताहरुको लागि उत्साहजनक र आश्चर्यजनक बस्तुहरु तथा बम्पर उपहारहरुका साथमा यस उत्सबको मौसमलाई अविस्मरणीय बनाउने लक्ष्य राखेका छौं । ग्राहकहरुलाई भिभोका हरेक खरिदमा अधिक लाभ प्राप्त गर्ने अवसर प्रदान गर्नेछौं ।”

भिभो विश्वमा नै अग्रणी टेक्नोलोजी कम्पनी हो । यो कम्पनी स्मार्ट डिभाईस र दक्ष सेवाको साथ एकिकृत व्यवसायको रुपमा अघी बढिरहेको छ । भिभाले रचनात्मक तरिकाबाट टेक्नोलोजी र फेशनलाई एकिकृत गरी आकर्षक ट्रेंड सेटिंग स्मार्ट मोवाईल उत्पादनहरु र सेवाहरु डिजाईन गरी डिजीटल विश्वमा प्रयोगकर्ताहरुलाई एउटै स्थानमा जोड्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

चीनमा मुख्य कार्यालय रहेको भिभोको शेनजेन, डोनगुआन, नानजिंग, बेइजिङ्ग, हाँङ्गअउ, शांघाई, ताइपे, टोकियो र सान डिएगोमा रहेका अनुसन्धान र विकासकर्ताहरुको केन्द्रले नेटवर्क समर्थन गरेको छ । यी केन्द्रहरुले ५ जी, कृत्रिम बृद्धिमता, औधोगीक डिजाईन, फोटोग्राफी र अन्य अघि बढ्न लागिरहेकोे क्षेत्रहरु सहित आधुनिक उपभोक्ता प्रविधिहरुको विकासमा केन्द्रित छन् ।

भिभोले चीन, दक्षिण एशिया र दक्षिणपूर्व एशियामा पाँच उत्पादन हबहरु स्थापित गरेको छ, जसले हरेक वर्ष २ करोड भन्दा बढी स्मार्टफोनहरु निर्माण गर्दछ । २०१९ सम्ममा भिभोले ३० भन्दा बढि देश र क्षेत्रहरुमा आफ्नो विक्रि सञ्जाल विकास गरिसकेको छ । विश्वभर ३५० मिलियन भन्दा बढि सक्रिय उपभोक्ताहरुलाई आकर्षित गरीरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।