नोटबजार परिवारको बारेमा


– परमेश्वर अधिकारी
सम्पादक

विगत १५ वर्षदेखि आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका अधिकारीले पत्रकारितामा स्नातकोत्तर गरेका छन् । श्रम साप्ताहिकबाट पत्रकारिता सुरु गरेका अधिकारीले एभिन्यूज टेलिभिजनमा झण्डै ५ वर्ष आर्थिक व्यूरोमा उपसम्पादकको रुपमा काम गरेका छन् ।

बैंकिङ, पूँजी बजारका साथै श्रम तथा रोजगारीका क्षेत्रमा कलम चलाउन रुची राख्ने अधिकारीले मेरोलगानी डटकमको सुरुवाती दिनदेखि ४ वर्ष काम गरेका छन् । रेडियो, टेलिभिजन तथा पत्रिकामा विभिन्न भुमिकामा कार्यानुभव बटुलेका अधिकारी २०७६ साउन १ देखि नोटबजार डटकममा सम्पादकको रुपमा कार्यरत छन् ।

 

– सुरेन्द्र थापा
सह–सम्पादक

करिब डेढ दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय थापाले टाईम्स एफएफबाट सञ्चारकर्म सुरु गरेका हुन् । तत्कालिन स्टार एफएम र रेडियो एचबीसीमा कार्यक्रम प्रस्तोताको रुपमा समेत काम गरेका थापाले मेरो एफएममा कार्यक्रम उत्पादक तथा समाचार संयोजकका रुपमा तीन वर्ष काम गरेका छन् ।

एभिन्यूज टेलिभिजनमा करिब ४ वर्ष आर्थिक ब्यूरोमा उप सम्पादकको भूमिकामा काम गरेका थापाले पूँजी बजार, कर, व्यापार लगायत क्षेत्रमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् । थापाले मानविकी संकायमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । मेरो लगानी डटकमा उपसम्पादकको रुपमा चार वर्ष काम गरिसकेका थापा २०७६ साउन १ देखि नोटबजार डटकममा सह–सम्पादकको भुमिकामा कार्यरत छन् ।

 

– टी. आर. पौड्याल
उप–सम्पादक

पछिल्लो ५ वर्षदेखि पत्रकारितामा सक्रिय तीर्थराज पौड्याल (टी.आर.) ले पूँजी बजारका साथै प्रशासनिक विषयमा कलम चलाउन रुची राख्छन् । विभिन्न अनलाइन सञ्चार माध्यममा समग्र विषयमा कलम चलाएका पौड्यालले मेरो लगानी डटकमबाट आर्थिक पत्रकारितामा कलम चलाउन सुरु गरेका थिए । संवाददाताको रुपमा कार्य सुरु गरेका पौड्यालले मेरोलगानीमा वरिष्ठ संवाददाता हुँदै उप–सम्पादकको भुमिकामा काम गरिसकेका छन् ।

पत्रकारितामा स्नातकोत्तर गरेका पौड्याल २०७७ साउन १ देखि नोटबजारमा उप–सम्पादकको रुपमा कार्यरत छन् । पौड्याल नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बागमती प्रदेशका सचिव समेत हुन् ।

 

– कबिराज लम्साल
प्रमुख बजार व्यवस्थापक

डेढ दशकदेखि सञ्चार क्षेत्रमा आवद्ध लम्सालले व्यवस्थापन संकायमा स्नातक हासिल गरेका छन् । नागरिक दैनिकमा स्थापना कालदेखि झण्डै ३ वर्ष काम गरेका लम्साल कारोबार राष्ट्रिय दैनिकमा करिब ५ वर्ष आवद्ध रहे ।

बिजमाण्डु डट कमको स्थापना कालदेखि नै प्रमुख बजार व्यवस्थापकको रुपमा ८ वर्ष कार्यसम्पादन गरेका लम्साल नेपालको अनलाइन मिडिया क्षेत्रकै पहिलो बजार प्रतिनिधि समेत हुन् । लम्साल २०७७ साउन १ देखि नोटबजारमा प्रमुख बजार व्यवस्थापकको भुमिकामा कार्यरत छन् ।

 

– आर. सी. बिमल
कानुनी सल्लाहकार

कानुन व्यवसायी रामचन्द्र पौडेल (आर. सी. बिमल) स्थापना कालदेखि नोटबजार डटकमको कानुनी सल्लाहकार हुन् । पौडेल पिपुल्स लिगल एसोसिएट्समा आबद्ध छन् ।

 

 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।