सिद्धार्थ क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आह्वान

0
Shares

सिद्धार्थ क्यापिटलले कार्तिक २१ गते, नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असोज १८ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असाेज २०७७, सोमबार  ११ : ३८ बजे