नक्कली डाक्टरदेखि बच्नुस, पर्सामा समातिए एक नक्कली डाक्टर


पर्साको बीरगञ्जबाट एक जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

बीरगञ्ज उपमहानगरपालिकाको छपकैयास्थित यादव अल्ट्रासाउण्ड सेन्टरबाट वास्तकि डाक्टरको नाममा आफुले बिरामीको चेकजाँच गर्दै आएका राजाराम शाह तेलीका छोरा नारद शाह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका तेलीले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीको चेक जाँच गर्ने तथाऔषधि उपचार गर्ने गरेका थिए ।

गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले तेलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तेलीलाई असोज २५ गते पर्सा जिल्ला अदालतमा उपस्थित गराई असोज २३ गतेदेखि लागू हुने गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ को दफा २३० को इलाज सम्बन्धि कसुर शिर्षकमा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।