शेयर बजारबाट लगानी झिक्दा नेप्से दोहोरो अंकले घट्यो

0
Shares

शेयर बजारका लगानीकर्ताहरुले नजिकिँदो दशैंलाई शेयर बजारमा गरेको लगानी झिक्दा मंगलबार शेयर बजार परिसूचक मापक नेप्से दोहोरो अंकले घट्न पुगेको छ ।

असोज मसान्त नजिकिँदा ठूला कारोबारीहरु कर र ऋणको ब्याज भुक्तानीमा केन्द्रीत रहँदा उनीहरुले पनि बजारमा लगानी बढाएका छैनन्। साना लगानीकर्ताहरुले पनि आफ्ना भएको लगानीकमध्ये दशैं खर्च जोहो गर्नतर्फ लाग्दा सूचक दबाबमा परेको हो ।

मंगलबार नेप्से ०.६० प्रतिशत अर्थात ९.४२ अंकले घटेर १ हजार ५६८ दशमलव ५९ बिन्दुमा बन्द हुन पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ३११.४१ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९३ वटा कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटक खरिद िबक्री हुँदा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा कारोबार रकम १२ करोड ९४ लाख रुपैयाँले घटेको हो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये म्युचुअल फण्ड, उत्पादन र ब्यापारको सूचक सकारात्मक बनेको छ भने बाँकी ९ वटा उपसमूहको सूचक घटेको छ। आज जलविद्युत २.०४ र वित्तको सूचक १.९२ प्रतिशतले घट्दा बाँकी १ प्रतिशतभन्दा कमले घटेका छन् ।

  • अरुण काबेली पावरको सर्वाधिक कारोबार

मंगलबार अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २६ लाख २१ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको हो । ज्योति विकास बैंकको पनि १० करोड बढीको शेयर काराबार भएको बजारमा मुक्तिनाथ विकास बैंक, नेपाल रि इन्स्योरेन्स कम्पनी, सानिमा माई, नेपाल बैंक, नेशनल हाइड्रोपावर, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स र एनएमबि बैंकको उच्च करोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-10-13 15:00:00
AKPL 112,621,473.00 247.00
JBBL 110,701,404.00 217.00
MNBBL 85,370,167.00 363.00
NRIC 63,289,400.00 856.00
SHPC 54,674,074.00 328.00
NBL 52,471,457.00 325.00
NHPC 51,154,108.00 111.00
KSBBL 41,502,904.00 228.00
ICFC 39,716,269.00 262.00
NMB 37,025,510.00 409.00
  • ज्योति विकास बैंकको शेयरमूल्य धेरै बढ्यो

मंगलबारको बजारमा ज्योति विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ बैंकको शेयर ४.८३ प्रतिशतले बढेर २१७ रुपैयाँ पुगेको हो ।
लक्ष्मी उन्नति कोष, युनिलिभर नेपाल, एनआईबिएल प्रगति फण्डको इकाइमूल्य २ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-13 15:00:00
JBBL 217.00 10.00 4.83
LUK 9.00 0.29 3.33
UNL 18,350.00 550.00 3.09
NIBLPF 9.09 0.21 2.36
CMF1 9.81 0.17 1.76
ICFC 262.00 4.00 1.55
SDLBSL 826.00 11.00 1.35
UFL 250.00 3.00 1.21
GMFIL 180.00 2.00 1.12
NICAD8283 1,085.00 12.00 1.12
  • पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाए

आज पञ्चकन्या माई हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ८.७२ प्रतिशतले गुमाएका छन् । कम्पनीको शेयर १३ रुपैयाँ घटेर १३६ मा कायम छ।

दीब्यश्वरी, खानीखोला, र रिडी हाइड्रोको शेयरमूल्य ७ प्रतिशत बढीले घट्दा घलेम्दी हाइड्रोपावर, समृद्धि फाइनान्स, युनियन हाइड्रोपावरको शेयरमूल्यमा पनि ६ प्रतिशतको ह्रास आएको छ ।

छ्याङ्दी हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-13 15:00:00
PMHPL 136.00 -13.00 -8.72
DHPL 111.00 -9.00 -7.50
KKHC 115.00 -9.00 -7.26
RHPC 180.00 -14.00 -7.22
GHL 124.00 -9.00 -6.77
SFCL 143.00 -10.00 -6.54
UNHPL 118.00 -8.00 -6.35
CHL 158.00 -10.00 -5.95
UPCL 130.00 -8.00 -5.80
UMHL 163.00 -10.00 -5.78

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असाेज २०७७, मंगलबार  १५ : ३८ बजे