सूचक घट्न थालेपछि कारोबार पनि घट्न थाल्यो, लाभांश घोषणा गरेको सानिमा बैंकको उच्च कारोबार

0
Shares

नेप्से सूचक घट्न थालेपछि शेयर बजारमा दैनि करोबार हुन रकममा पनि कमि आउन थालेको छ । नजिकिँदो मसान्त र दशैंको खर्च जोहो गर्नतर्फ लगानीकर्ता लाग्दा शेयर बजारमा दिनप्रतिदिन कारोबार घट्न थालेको हो ।

यसै सातको आइतबार २ अर्ब ३९ करोडको शेयर कारोबार भएकोमा सोमबार १ अर्ब ९४ करोड, मंगलबार १ अर्ब ८१ करोडको कारोबार भएकोमा बुधबार मंगलबारभन्दा ३२ करोड ३३ लाख रुपैयाँले घटेर १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।
अर्कोतर्फ बजार सूचक पुन फर्कनसक्ने आशमा लगानीकर्ताहरुले घट्दो मूल्यमा शेयर बिक्री गर्न नचाँहदा पनि कारोबार रकम घट्न पुगेको हो ।

वित्त प्रणालीमा हाल प्रयाप्त तरलता रहेको र लाभांश सिजन भएकाले पनि शेयर बजार सूचक माथि जानसक्ने आंकलन लगानीकर्तामा छ । यसले बजारमा सस्तो मूल्यमा शेयर बिक्री गर्ने लगानीकर्ताको न्यून छ भने बढाएर बिक्री गर्ने लगानीकर्ताको संख्या अधिक रहेको छ । यसले गर्दा पनि बजारमा १, २ रुपैयाँमा नै चर्कौ बार्गेनिङ्गमा शेयर खरीद बिक्री भैरहेको छ ।

बुधबार १९५ कम्पनीका ५१ लाख ९१ हजार ३१४ कित्ता शेयर २४ हजार ८९९ पटक खरीद बिक्री भएका छन् । नेप्से ७.४२ अंकले घटेर १ हजार ५६१.१७ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएको होटल उपसमूहको परिसूचक सामान्य सकारात्मक रहँदा विकास बैंकको सबैभन्दा धेरै १.९९ प्रतिशत, वित्त १.३१ प्रतिशत, र जलविद्युतको सूचक १.१९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहका परिसूचक १ प्रतिशतभन्दा कमले मात्र घटेका छन् ।

  • सानिमा बैंकको उच्च कारोबार

बुधबार लाभांश घोषणा गरेको सानिमा बैंकको उच्च कारोबार भएको छ । बैंकको ७ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसैगरी नेपाल बैंकको ६ करोड ९ लाख, नेपाल रि यन्स्योरेन्सको ५ करोड ३१ लाख, नेपाल लाइफ ४ करोड ९४ लाख, र अरुण कोबली पावरको ४ करोड ३६ लाखका शेयर कारोबार भयो।

ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, अपि पावर, प्राइम लाईफ संस्थापक र नेशनल हाइड्रो पनि शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2020-10-14 15:00:00
SANIMA 72,543,884.00 345.00
NBL 60,998,378.00 322.00
NRIC 53,181,854.00 852.00
NLIC 49,474,516.00 1,373.00
AKPL 43,662,425.00 241.00
JBBL 37,133,022.00 213.00
MNBBL 35,600,029.00 354.00
API 35,423,898.00 191.00
PLICPO 33,790,572.00 353.00
NHPC 29,832,241.00 106.00
  • दुई कम्पनीको शेयरमूल्यमा सर्किट

आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजबाटै दोस्रो बजारमा कारोबार खुलेको जनरल इन्स्योरेन्स कम्पनी र नेपाल फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशतले बढण्ेर सर्किट लागेको हो ।

नेपाल हाइड्रो डेभलोपर कम्पनीको ५.२२ प्रतिशतले शेयरमूल्य बढ्दा गणपति माइक्रोफाइनान्स, एनआईबिएल समृद्धि फण्ड १, बोटलर्स नेपाल तराई, सबैको लघुवित्त लगायतको शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-14 15:00:00
GIC 335.00 30.00 9.84
NFS 304.00 27.00 9.75
NHDL 242.00 12.00 5.22
GMFBS 836.00 21.00 2.58
NIBSF1 9.90 0.20 2.06
BNT 6,630.00 130.00 2.00
SABSL 870.00 17.00 1.99
GBD80/81 1,046.00 20.00 1.95
NLBSL 996.00 17.00 1.74
AKJCL 118.00 2.00 1.72
  • घलेम्दीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

आजको बजारमा घलेम्दी हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ७.२६ प्रतिशतले गुमाएका छन् । कम्पनीको शेयर ९ रुपैयाँ घटेर ११५ मा झरेको छ ।

बरुण हाइड्रोपावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, रिडी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र रैराङ हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ । युनाइटेड मोदी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर पनि शेयरमूल्य घट्ने दश कम्पनीम समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-14 15:00:00
GHL 115.00 -9.00 -7.26
BARUN 175.00 -11.00 -5.91
API 191.00 -12.00 -5.91
CHL 149.00 -9.00 -5.70
RHPC 170.00 -10.00 -5.56
KRBL 142.00 -8.00 -5.33
RLFL 171.00 -9.00 -5.00
RRHP 190.00 -10.00 -5.00
UMHL 155.00 -8.00 -4.91
AHPC 237.00 -12.00 -4.82

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असाेज २०७७, बुधबार  १५ : २९ बजे