अक्सन मार्केटमा पनि लगानीकर्ताको चासो बढ्दो, मेगा बैंकको शेयर लिलामीमा ५ हजार बढी आवेदन

0
Shares

प्राथामिक बजारमा एकपछि अर्को सार्वजनिक निष्काशनमा रेकर्ड ब्रेक हुनेगरी आवेदन परिरहेको बेला शेयर लिलामी अर्थात अक्सन मार्केटमा पनि लगानीकर्ताको आकर्षण बढ्न थालेको पाइएको छ ।

मेगाल बैंकले असोज ११ देखि १८ गतेसम्म निष्काशनमा ल्याएको लिलामी शेयर खरीदका लागि ५ हजार वटा आवेदन परेको हो ।

बैंकको शेयर बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार साधारण शेयरका लागि करिब ५ हजार वटा आवेदन परेको छ भने संस्थापक शेयर खरीदका लागि ११७ वटा आवेदन परेको छ ।

क्यापिटलले असोज २९ गते बिहीबार बिहान १० बजे क्यापिटलको कार्यालय साकेत कम्प्लेक्स त्रिपुरेश्वरमा शिलबन्दी बोलपत्र खोल्दैछ ।

कोभिड संक्रमणका कारण मानिसहरुको भीडभाड नहुने वातावरण बनाउनका लागि क्यापिटलले उक्त बोलपत्रको प्रतक्ष्य प्रसारण बोलपत्र निष्काशन कम्पनीको प्रतिनिधि, र नियमन निकायको प्रतिनिधि गरी सीमित व्यक्तिको उपस्थितिमा क्यापिटलको वेवसाइट तथा फेसबुक पेज मार्फत गरिने जनाएको छ ।

बैंकले क्यापिटल मार्फत सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता र संस्थापक समूहतर्फ ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

यसअघि गुराँस लाईफको लिलामीमा १ हजार २७१, प्रुडेन्सियल इन्स्योरेन्समा ९३२ र शिखर इन्स्योरेन्समा १ हजार ८८५ जनाले लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गरेका थिए । यस्तै एनएलजी इन्स्योरेन्सको लिलामी शेयर खरीदका लागि १ हजार ५९३ वटा वटा आवेदन परेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।