विष्णु पौडेल अर्थमन्त्री नियुक्त, इश्वर पोखरेल पनि रक्षा मन्त्रालयबाट ‘ट्रान्सफर’


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १२ औ पटक मन्त्रिपरिषद् हेरफेर मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन्।

संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने क्रममा पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका हुन् । पौडेल यस अघि पनि प्रधानमन्त्री ओली कै कार्यकालमा अर्थमन्त्री भएका थिए । उनले दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

मन्त्री परिषद हेरफेर गर्दै मन्त्री प्रधानमन्त्री ओलीले इश्वर पोखरेललाई रक्षमन्त्रीबाट हटाएका छन् । पोखरेललाई ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । अब रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीसँगै रहेको छ ।

त्यसै गरि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भने लीलानाथ श्रेष्ठलाई दिइएको छ ।

मन्त्री मण्डलमा भएको फेरबदललाई राष्ट्रपति कार्यालयले बुधबार प्रमाणीकरण गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।