सि.जी.ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार

0
Shares

नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको छ ।

ति सबै उपहार योजनाहरु उपभोक्ता महानुभावहरुले सि.जी.को आफ्नो आधिकारीक वेभसाईटबाट बुकिङ गरि खरिद गरेमा बम्परमा भाग्यशाली ३ जना विजेताहरुलाई सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको छ ।

उतm योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टि.भी.को खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टि.भी.को खरिदमा नगद छुट साथै सि.जी.कै अकर्षक स्पिकर प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनुहुनेछ । डलबडोर रेफ्रीजेरेटरमा सि.जी.को प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनेछन् ।

यसपालि सि.जी.ले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसि मा भने निशुल्क जडानको व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।