नेप्सेमा सामान्य वृद्धि, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार १.२९ अंकले बढेर बन्द भएको छ । आज चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से सूचक १ हजार ५६२ दशमलव ४६ बिन्दुमा बन्द भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ ।

बिहीबार बिहान नियमित कारोबार सुरु भएको २१ मिनेटमा नेप्से सूचक १८.३६ अंकसम्म बढेपनि त्यसपछि सूचक टिक्न नसक्दा सामान्य वृद्धिमा मात्र बन्द भएको छ । बुधबार साँझ नयाँ अर्थमन्त्रीको रुपमा नियुक्त भएको बिष्णु पौडेलको विषयलाई लिएर कारोबारीहरुले नेप्से बढाउन खोजेपनि बिक्रीचाप बढेपछि नेप्से ओरालो लाग्न थालेको थियो ।

बिहीबार १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर २३ हजार ८९ पटक खरिद बिक्री हुँदा १ अर्ब ४२ करोड ५८ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका बैंकिङ्ग, ब्यापार, जलविद्युत, अन्य, र म्युचुअल फण्ड उपसमूहको सूचक सामान्य बढेको छ भने होटल, विकास बैंक, वित्त, निर्जीबन बीमा, उत्पादन, लघुवित्त, जीबन बीमा उपसमूहको सूचक घटेको छ ।

  • नेपाल रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

आज नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरी शिवम् सिमेन्टसको ६ करोड ८४ लाख, अरुण भ्याली ५ करोड ५५ लाख, र नेपाल लाइफको ५ करोड ४८ लाख रुपैयाँको कारोबार भयो । मञ्जुश्री फाइनान्स, अरुण काबेली पावर, प्राइम कमर्सियल बैंक, एनसीसी बैंक, कुमारी बैंक र नेपाल बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2020-10-15 15:00:00
NRIC 74,084,223.00 854.00
SHIVM 68,491,597.00 758.00
AHPC 55,540,198.00 232.00
NLIC 54,857,312.00 1,374.00
MFIL 37,743,739.00 320.00
AKPL 35,199,170.00 245.00
PCBL 34,193,331.00 287.00
NCCB 31,673,017.00 225.00
KBL 30,062,013.00 223.00
NBL 28,901,810.00 324.00
  • दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बिहीबारको बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर करिब १० प्रतिशतले बढेको हो ।

नेपाल फाइनान्सले हकप्रद निष्काशनका लागि कार्तिक ६ गते बुकक्लोज गर्ने मिति तोकेपछि शेयरमूल्य बढेको हो भने जनरल इन्स्योरेन्सको बुधबारदेखि कारोबार सुरु भएकाले माग उच्च तथा आपूर्ति कम हुँदा शेयरमूल्य बढेको हो ।

यस्तै आज माउन्टेन हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, लक्ष्मी उन्नति कोषको इकाई, घलेम्दी हाइड्रोपावर, नबिल इक्वीटी फण्ड, र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-15 15:00:00
NFS 334.00 30.00 9.87
GIC 368.00 33.00 9.85
MHNL 161.00 11.00 7.33
RRHP 199.00 9.00 4.74
KKHC 115.00 4.00 3.60
SHPC 330.00 10.00 3.13
LUK 9.10 0.25 2.82
GHL 118.00 3.00 2.61
NEF 9.00 0.18 2.04
UMHL 158.00 3.00 1.94
  • गुराँस लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट

आजको बजारमा गुराँस लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।  आजको बजारमा लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ५.२१ प्रतिशत अर्थात ३७ रुपैयाँ घटेर ६७३ रुपैयाँमा झरेको छ ।

यसैगरी आँखुखोला हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, युनिलिभर नेपाल लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, गोर्खा फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-15 15:00:00
GLBSL 673.00 -37.00 -5.21
AKJCL 112.00 -6.00 -5.08
NHDL 231.00 -11.00 -4.55
UNL 17,501.00 -628.00 -3.46
EDBL 308.00 -11.00 -3.45
JBBL 208.00 -5.00 -2.35
HDHPC 125.00 -3.00 -2.34
AHPC 232.00 -5.00 -2.11
GUFL 147.00 -3.00 -2.00
CORBL 198.00 -4.00 -1.98

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असाेज २०७७, बिहीबार  १६ : १९ बजे