युनाइटेट सिमेन्ट्सद्धारा कोभिडमा अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने गित सार्वजनिक

0
Shares

नेपालकै सर्वोत्कृष्ट सिमेन्ट मध्ये एक, युनाइटेट सिमेन्ट्सले जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने तमाम आदरणीय महानुभावहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।

यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको छ । अहिले कोभिड १९ ले पूरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले ब्यक्त गरेको छ ।

रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै सामक्ष ल्याउन सफल भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।