तिनाउ मिसनको आइतबारदेखि शेयर कारोबार रोक्का

0
Shares

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) को शेयर कारोबार रोक्का भएको छ ।

बैंकलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १ गते शनिबार प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल कात्तिक २ गते आइतबारदेखि नेप्सेमा तिनाउको शेयर कारोबार रोक्का गरेको हो ।

 

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई १००ः९६ शेयर स्वाप अनुपातमा एक्वायर गर्ने प्रारम्भिक सम्झौतापत्रमा दुबै बैंकले हस्ताक्षर गरेका छन् । दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनपछि स्वापको अन्तिम निर्णय हुने जनाइएको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर असोज २९ गते बिहीबार अन्तिम पटक १९७ रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ कात्तिक २०७७, आइतबार  ११ : ३७ बजे