एनएमबि बैंकका खातावाहकले सामसङ मोबाइलको खरिदमा छुट पाउने


एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल किन्दा छुट पाउने भएका छन् ।

एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरे ।

यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यकासाथ आइएमएसले यो अभियान सुरु गरिएको हो ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १० प्रतिशत छुट वा रु १,००० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।