श्रम विज्ञहरुले श्रमिकको आवश्यकता अनुसार विप्रेषण उपयोग भइरहेको भन्दै अनुत्पादक क्षेत्रमा लगानी भयो भन्न नमिल्ने बताएका छन् ।
हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना गरेको ‘विप्रेषणको उपयोग’ छलफल कार्यक्रममा सरोकारवालाहरूले एक्त कुरा बताएका हुन् ।
कार्यक्रममा वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स वैदेशिक रोजगार रहेका श्रमिकले देश अर्थतन्त्र, कुल ग्राहस्थ उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको सरोरकारवालाहरुको भनाई छ ।
- श्रमिकको आवश्यकता पूरा गर्नु नै रेमिट्यान्सको उपयोग हो– श्रम विज्ञ
श्रम विज्ञ डा. गणेश गुरूङ विदेशमा गएका श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यकता पूरा गर्ने हुने बताउँछन् । धेरैजसो विदेश जाने श्रमिक निम्न वर्ग हुने भएकाले उसको सबैभन्दा पहिलो प्राथमिकता नै खाने तथा लाउने रहने गरेको उनको भनाई छ ।
उनले भने, ‘मलेसिया तथा खाडी मुलुकमा जाने श्रमिक खाना नपाएकाले विदेश गएको हुन्छ । त्यसैले रेमिट्यान्सको पैसा विभिन्न क्षेत्रमा लगानी गर्नुस भन्न मिल्दैन ।’
अधिकांश मलेसिया तथा खाडी मुलुकमा श्रम गर्न जाने श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यता पूरा गर्ने, दोस्रोमा विदशेमा गएको ऋण तिर्ने र तेस्रोमा जग्गा जमिन किन्ने भएकाले यसमा श्रमिकको स्तर अनुसार फरक पर्ने उनको भनाइ छ ।
‘विदेशको रेमिट्यान्सले नेपालीको गरिबी घटाउन र कुल ग्राहस्थ उत्पादनमा ठूलो टेवा पु¥याउनु नै ठूलो उपलब्धि रहेको उनको भनाइ छ । त्यसले गर्दा कुनै पनि श्रमिकले पठाएको विप्रेषण सही ठाउँमा सदुपयोग नभएको भन्न गलत हो,’ उनले भने ।
हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययन देखाएको छ । यसले गर्दा विदेशबाट पठाएको रेमिट्यान्सको सही ठाउँमा सदुपयोग भएन भन्दै विभिन्न छलफल तथा कार्यक्रम हुने गरेता पनि सही ठाउँमा सदुपयोग भएन भन्न नमिल्ने बताउँछन् ।
- रेमिट्यान्सले अर्थतन्त्रलाई आधुनिकीकरण बनाएको छ – राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणकर भट्ट वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरणमा परिणत गरेको बताउँछन् ।
नेपालमा रेमिट्यान्सको प्राप्त गरेको लामो इतिहास नरहेता पनि यसले नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पु¥याएको उनले बताए । हाल वैदेशिक रोजगारबाट कुल ग्राहस्थ उत्पादन २५ प्रतिशत पुगेको र गरीबी घटाएको भन्दै रेमिट्यान्सको श्रमिकको आवश्कता अनुसार सदुपयोग भइरहेको उनको बुझाई छ ।
उनका अनुसार विप्रेषणले विभिन्न आयामबाट उपयोग भइरहेको बताए । जसमा राष्ट्रिय बचत बढाएको, चालु खाता सन्तुलनमा राखेको, अर्थतन्त्रमा आवश्यक फाइनान्सिङ मिट गरेको जस्ता महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । साथै, अहिलेको बैंक तथा वित्तिय संस्थाको तरलता व्यवस्थापनको आधार नै विप्रेषण रहेको उनले उल्लेख गरे । यदि विप्रेषण कम हुन्छ भने बैंक तथा वित्तिय संस्था क्रञ्च हुने उनको भनाई छ । यसका साथै कर्जा तथा अर्थतन्त्रमा मुख्य भूमिका खेलिरहेको उनले बताए ।
‘यदि रेमिट्यान्स नभएको भए हामी कुन अवस्थामा हुन्थ्यो त्यो कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘रेमिट्यान्सले गरिबी मात्रै नघटाएर विभिन्न निजी तथा सरकारी क्षेत्रमा ठूलो योगदान गरेको छ ।’
यसैगरी, रेमिट्यान्सले गर्दा गुणस्तर शिक्षा तथा आधुनिकीकरण तिर डो¥याइरहेको उनको भनाइ छ । ‘अहिले हरेक मानिससँग मोबाइल छ । उक्त मोबाइलको सहायताले विश्वको अर्थतन्त्र के भइरहेको छ भन्नेबारे घरमै बसीबसी हेर्न सक्ने भएकाले यसमा पनि रेमिट्यान्सको ठूलो योगदान रहेको छ,’ उनले भने ।
- रेमिट्यान्सको सदुपयोग कसरी गर्न सकिन्छ ?
वैदशिक रोजगारबाट प्राप्त भएको विप्रेषणलाई कसरी उत्पादनमुलक क्षेत्रमा लगानी गरी श्रमिकले लाभ लिन सक्ने भन्ने विषयमा विभिन्न कार्यक्रम तथा छलफल चलाएता उत्पादन मुलक क्षेत्रमा युवाहरु आकर्षित हुन सकेको छैन ।
दैनिक हजारौंको संख्यामा विदेश पलायन भएता पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्नुमा विदेश जानु अघि प्रस्थानमै ठूलो समस्या रहेको श्रम विज्ञ गुरूङ बताउँछन् ।
सरकारले विदेश जानु अहिनै श्रमिकलाई विभिन्न उद्योगधन्दा, बैंक तथा वित्तिय संस्थामा यसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने कार्यक्रम ल्याएका केही मात्राले आकर्षित हुने उनको विश्वास छ । यसको लागि विदेश प्रस्थान गर्नुपर्ने निती नियम परिवर्तन गरी सुधार ल्याउनुपर्ने उनको भनाइ छ ।
यसैगरी, राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार नेपाली श्रमिकले पूर्वाधारको विकासमा संलग्न गराई श्रमिकलाई सदुपयोग गर्न सक्ने बताए । साथै, अर्बौको उत्पादित कृषि आयात गर्ने भएकाले कृषि क्षेत्रमा लगानी गरी रेमिट्यान्सको सदुपयोग गर्न सक्ने उनको भनाइ छ ।
यसको लागि स्थानीय तह, संघीय सरकार, बैंकिङ क्षेत्रसँग समन्वय गरेर कसरी सदुपयोग गर्न सकिन्न भन्ने बारेमा ध्यान दिनुपर्ने बताए । त्यस्तै, राष्ट्र बैंकले जारी गरेको बचतपत्रमा वैदेशिक रोजगारी लगानी आकर्षित नदेखिएपछि आगामी मंसिरदेखि सँधैको लागि खुल्ला गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
साथै, विभिन्न देशमा रहेका श्रमिकलाई विदेशबाट पठाउको रेमिट्यान्सले पूर्वाधारमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा आपन्वत्व देखाउन सक्नुपर्ने उनको बुझाइ छ । यसको लागि प्रादेशिक सरकारले तथा बैंकिङ क्षेत्रले लगानी गर्न सक्ने गरी वैदेशिक स्किम ल्याउनुपर्ने उल्लेख गरे ।
त्यस्तै, उद्योग, एयरलाइन्सले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लगानीसँग जोड्नको लागि छुट्टै शेयर जारी गरेमा केही लगानी बढ्ने उनको बुझाइ छ । त्यस्तै, म्यानुफ्याक्चरिङलाई सेक्टरलाई प्रोत्साहन गरी रेमिट्यान्सको सदुपयोग गर्न सकिने उनको भनाइ छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया