टिभीएस र इसेवा बीच सहकार्य


टिभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ ।

आजबाट सुरु भएको बडादशैंको अवसरमा गर्ने कुनैपनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभीएस अपाचे टूभी जित्न सकिने योजना संचालनमा आएको छ ।

टिभीएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केहि नयाँ दिने कोशिस टिभीएसले गरेको छ ।

टिभीएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

अहिले टिभीएसको अपाचे सिरिजमा १६० टूभी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, जुपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।