राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा


राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं. १ स्थित शेराबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार समुदघाट्न गरेका हुन् ।

शाखा उद्घाटन गर्दै जैमिनि नगरपालकिाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताएका थिए ।

बैंकले सातै प्रदेस र ७७ जिल्लाका २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रवाह गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।