निशान म्यागनाइट एस.यु.भि. नेपाली बजारमा


निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बि–एस.यु.भि. म्यागनाइट अनलाइन मार्फत विश्व व्यापीरुपमा सार्वजनिक भएकोछ ।

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी शुरु गरेको बताएको छ ।

उक्त “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहितएल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश भएको कम्पनीले जनाएको छ ।

निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन भएको कम्पनीको भनाइ छ भने अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुनेछ ।

निशान म्यागनाइटमा ८ इञ्चफुल फ्लस टच स्क्रीनइन्फोटेन्मेन्ट सिस्टम,७ इञ्च टि.एफ.टि. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायतविभिन्नफिचरहरु उपलब्ध छन् ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा कम्पनीले गरेको छ । नेपाली बजारमा भित्रिने यस एस.यु.भि.को मूल्यको आधारमा प्रिमियम रहेको कम्पनीको दावी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।