सामलिङ्ग पावरको आईपीओ एनआईबिएल एस क्यापिटलले प्रत्याभुत गर्ने


सामलिङ्ग पावर कम्पनीले साधारण शेयर निष्काशन गर्न प्रत्याुतकर्ता चयन गरेको छ ।

कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतकर्ता नियुक्त गरेको हो । सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

यसैगरी, कम्पनीले यसअघि नै साधारण शेयर निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

सामलिङ्ग पावरको १२ लाख ३० हजार कित्ता आइपीओ एसबिआई मर्चेण्ट मार्फत बिक्री हुने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।