पण्डस् नेपालद्वारा “पण्डस् फेस्टिभ रेडि सेल्फी” प्रतियोगिताको सुरुवात

0
Shares

नेपालीहरुको महान चाड बडा दशैं सुरु भएसँगै सबै नेपालीहरुमा हर्षोउल्लास छाएको छ। यस खुशीको अवसरमा सहभागिता जनाउनको लागि, पण्डस नेपालले “पण्डस् फेस्टिभ रेडि सेल्फी” प्रतियोगिताको सुरुवात गरेको छ ।

पण्डस् नेपालले महान चाड बडा दशैं मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पण्डस् नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनुपर्नेछ ।

सो फोटोहरु प्राप्त भएपश्चात प्रतियोगीहरुको सहमतिसंगै पण्डस् नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो शेयर गर्नुपर्ने छ ।

अपलोड भएका फोटोहरु मध्ये ५ सहभागीहरुलाई छनौट गरी लक्की ड्र मार्फतयस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ । बिजेताहरुले उपहार स्वरुप पण्डस् को तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् ।

“पण्डस् फेस्टिभ रेडि सेल्फी” प्रतियोगिता कार्तिक ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।