सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


सानिमा बैंकले गत आर्थिक वर्षको साधारण साभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांस सहित विविध प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले यही कात्तिक २८ गते शुक्रबार बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकले साधारण सभाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा ३.६० प्रतिशत नगद लभांस बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १७ गते सोमबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । बैंकले प्रस्ताव गरेको बोनस तथा नगद लाभांस आगामी आइतबारसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।