शिवम् सिमेन्टको २४.२१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन


शिवम् सिमेन्टले घोषणा गरेको लाभांस पाउने आज बुधबार अन्तिम दिन हो ।

सिमेन्टले साधारण सभा प्रयोजनका लागि भोलि अर्थात कात्तिक १३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

कम्पनीले कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्षको नाफा नोक्सान सहित वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने तथा आव २०७७।७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कोभिड संक्रमणका कारण भिडियो कन्फ्रेन्स मार्फत साधारण सभामा सहभागिता जनाउन सकिने जनाइएको छ ।

साधारण सभामा सहभागी हुन चाहने शेयरधनीलाई नाम दर्तापछि जुम आईडि र पासवर्ड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।