शिवश्री हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारदेखि पहिलो कारोबार सुरु भएको कम्पनीको शेयर कारोबार सुरुवातको तीन मिनेट अर्थात १२ वटा कारोबारमा नै सकारात्मबक सर्किट ब्रेक लागेर कारोबार भएको छ ।
कम्पनीको शेयर कात्तिक १३ गते, बिहीबार स्पेशल प्रि ओपन सेसनमा १२० रुपैयाँका दरमा १०० कित्ता कारोबारमा आएको हो । त्यसपछिको १२ वटा कारोबारमा सर्किट लागेको कम्पनीको शेयर एक घण्टा अवधिमा ३२ वटा कारोबार मार्फत १ हजार ६१९ कित्ता शेयर २ लाख ११ हजार ५८ रुपैयाँमा खरीद बिक्री भएको हो ।
कम्पनीको शेयर सर्किट मूल्य अर्थात १३२ रुपैयाँका दरमा ३ लाख १ हजार ३३ कित्ताको शेयर खरीद अर्डर प्लेसमेन्ट भएको छ ।
नेप्सेले एसएसएचएल (SSHL) कारोबार संकेत र पहिलो कारोबारका लागि न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेकोमा हाइड्रोपावरको १२० रुपैयाँका दरमा कारोबार भएको हो ।
निष्काशित सबै धितोपत्र बिक्री नभएपछि धितोपत्र प्रत्याभूतिकर्ताहरुले शेयर सकार्न अस्वीकार गर्दा सार्वजनिक निष्काशन आईपीओ गरेको एक वर्षदेखि अन्यौलमा रहेको शिवश्री हाइड्रोपावरको कात्तिक ५ गते १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम धितोपत्रको दोस्रो बजारमा कारोबार हुनसक्ने गरी सूचीकृत भएको थियो। बडा दशैंको विदा कारण कम्पनीको शेयर बिहीबारदेपखि मात्र कारोबारमा आएको हो ।
शिवश्री हाइड्रोपावरले २०७६ असोज १६ देखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया