शिवश्री हाइड्रोपावरले चयन गर्यो शेयर रजिष्ट्रार

0
Shares

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको हो ।

यस अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल मार्फत हुनेछ ।

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।