सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अब अनलाईनबाटै आवेदन दिन सकिने

0
Shares


सिद्धार्थ बैंक लिमिटेड (SBL) ले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

अब क्रेडिट कार्डका लागि ग्राहक महानुभावहरुले भौतिक रुपमा बंैकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नुहुनेछ । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (Banking service > Apply Online > Credit Card Application) वा ””https://onlinecreditcard.siddharthabank.com” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नुहुनेछ । आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नुहुनेछ ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।