हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (HGI) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ लाख १० हजार ८८० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव असार २९ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि गत वैशाख १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार वैशाख ११ गतेसम्म कायम शेयरधनीले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ७ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।