मुक्तिनाथ विकास बैंकका ग्राहकले ७ भन्दा बढी स्थानमा ३० प्रतिशतसम्म छुट पाउने


मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

बैंकले काठमाण्डौं, काभ्रे, कास्की, चितवन, खोटाङ लगायत जिल्लाका व्यवसायिक प्रतिष्ठानहरुमा ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ ।

बैंकका अनुसार निम्नलिखित व्यवसायिक प्रतिष्ठानहरुमा छुट प्राप्त हुनेछ ।

सम्झौता भएका व्यवसायिक संस्थाहरु निम्नानुुसार रहेका छन् ।

विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।