प्रि-ओपनिङमा २२ कम्पनीको शेयर कारोबार हुँदा १३ को शेयरमूल्य बढ्यो


सोमबार बिहानको प्रि ओपनिङ सेसनमा २२ कम्पनीको शेयर कारोबार भएको छ ।

१५ मिनेटको अवधिमा २२ कम्पनीका २० हजार ६२ कित्ता शेयरहरु ५६ लाख २८ हजार ४३१ रुपैंयामा किनबेच भएका छन् । यस क्रममा बजार परिसुचक नेप्से ३.०६ अंकले बढेर १६४४.०२ अंकमा उक्लिएको छ ।

२२ मध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शिवश्री हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, सांग्रिला डेभलपमेण्ट बैंक, अरुण भ्याल्ली हाइड्रो, प्रभु बैंक, सानिमा बैंक, जानकी फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, नेपाल फाइनान्स, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र विशाल बजारको शेयर मूल्य बढेको छ ।

Click on image to view in large mode…