नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले लोगो र छाप परिवर्तन गरेको छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नेपाल नयाँ नक्सा जारी गरेको र नेपालको निशान छापमा समेत सो भूभाग समावेश गरी संसेधन गरेपछि कम्पनीले लोगो र छाप परिवर्तन गरेको हो ।

कम्पनीको लोगोमा नेपालको नक्सा रहेकोमा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि कम्पनीले सोही अनुसारको लोगो प्रयोग गर्ने जनाएको छ ।

यस अघि कम्पनीले छाप र लोगो फरक फरक रहेकोमा अब भने एउटै छाप प्रयोग गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कात्तिक २०७७, सोमबार  ११ : ३६ बजे