आरएमडिसी लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत


आरएमडिसी लघुवित्त (RMDC) ले गत आर्थिक वर्ष २०७६।०७७ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

नेपाल राष्ट्र बैंकको कार्तिक १३ गते बिहीबारको पत्रमार्फत लघुवित्तको लाभांश प्रस्ताव स्वीकृत गरी वित्तीय विवरण प्रकाशन गर्न अनुमति प्रदान गरिएको कम्पनी सचिव अनिलकृष्ण जोशीले जानकारी दिए ।

लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यससँगै अब लघुवित्तले साधारण सभा आह्वान गरी कुल १७ करोड ९८ लाख ६४ हजार बराबरको लाभांभ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।

हाल ८९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार ११ : ५२ बजे