महासंघमा महादंगल : किशोर प्रधान समुहको मनोनयन दर्ता


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक सभाका साथै निर्वाचनको सरगर्मी बढ्दै गएको छ । यस क्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गरेका छन् । उद्योग वाणिज्य महासंघको टेकूस्थित कार्यालयमा पुगेर प्रधानले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु : किशोर प्रधानसँग अन्तर्वार्ता

प्रधानसँगै उनको समुहको पनि मनोनयन दर्ता भएको छ । नोटबजारसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले शिर्ष नेतृत्कासाथै सदस्यहरुको पनि मनोनयन दर्ता भएको बताए ।

प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठले मनोनयन मनोनयन दर्ता गराएका छन् । उद्योग वाणिज्य महासंघका वर्तमान वरिष्ठा उपाध्यक्ष एवं आगामी अध्यक्ष शेखर गोल्छा सहित केही पुर्व अध्यक्षहरुको उपस्थितीमा प्रधान समुहले उम्मेदवारी दर्ता गराएको हो ।

प्रधान, श्रेष्ठ, ज्योतीसँगै ३० सदस्यले मनोनयन दर्ता गराएको प्रधानले जानकारी दिए । प्रधान विगत अढाई दशकदेखि महासंघमा सक्रिय छन् । यस अघि नै प्रधान समुहले प्यानल सहित उम्मेदवारी घोषणा गरेको थियो ।

उता वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्र ढकालले यस अघि नै महासंघ पुगेर प्यानल सहित मनोनयन दर्ता गराई सकेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।