महासंघमा महादंगल : किशोर प्रधान समुहका ४८ उम्मेदवार को-को हुन् ?


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचानमा सबैजसो उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । यस क्रममा विरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र उनको समुहले सोमबार मनोनयन दर्ता गराएको छ । कोभिड संक्रमण जोखिमलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा मनोनयन दर्ता गराइएको छ ।

महासंघमा महादंगल : किशोर प्रधान समुहको मनोनयन दर्ता

वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधान, जिल्ला नगर तर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ, एशोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योती र ४४ जना सदस्य गरी ४८ जनाको मनोनयन दर्ता भएको छ ।

जिल्ला नगर तर्फ उपाध्यक्ष सहित १५, वस्तुगततर्फ उपाध्यक्ष सहित १६ र एशोसिएट्सतर्फ उपाध्यक्ष सहित १६ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस क्रममा एशोसिएट्सतर्फ सौरभ ज्योती सहित १६ जनाले मनोनयन दर्ता गरेकोमा १२ जना भने पुरानै अनुहार छन् ।

यस्तो छ प्रधान समुहले सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची

वरिष्ठ उपाध्यक्ष

  • किशोर प्रधान 

जिल्ला नगरतर्फका उम्मेदवारहरु 

उपाध्यक्ष

  • दिनेश श्रेष्ठ

सदस्यहरु

  • अरुण राज सुमार्गी
  • मोहन साह
  • जगत खड्का
  • यज्ञ प्रसाद भट्टराई
  • कमान बहादुर खड्का
  • महेन्द्र श्रेष्ठ
  • अशोक अमात्य
  • तारा नाथ घिमिरे
  • उमेश घिमिरे
  • रोमश्वर मानन्धर
  • अशोक ताम्राकार
  • गजेन्द्र भगत
  • गोपाल केडिया र
  • देव कुमार श्रेष्ठ

वस्तुगततर्फका उम्मेदवारहरु

उपाध्यक्ष

  • अन्जन श्रेष्ठ

सदस्यहरु

  • अरनिको राजभण्डारी
  • अशोक शर्मा
  • विप्लवमान सिंह
  • विष्णु गैरे
  • दिपक दाहाल
  • गोविन्द ढुङ्गेल
  • माधव लाल श्रेष्ठ
  • मनीष लाल प्रधान
  • मिन मान श्रेष्ठ
  • राम बहादुर श्रेष्ठ
  • सकुन्त लाल हिराचन
  • सन्दीप अग्रवाल
  • शारदा रिसाल
  • शिव घिमिरे र
  • सुनिल गोपाल श्रेष्ठ

एशोसिएट्सतर्फका उम्मेदवारहरु

उपाध्यक्ष

  • सौरभ ज्यौती

सदस्यहरु

  • विजय सिंह वैद्य
  • रञ्जित आचार्य
  • कृष्णप्रसाद दुलाल
  • राजेश अग्रवाल
  • शाहिल अग्रवाल
  • आनन्द वगरिया
  • मङ्गेश लाल श्रेष्ठ
  • अशोक टिमानी
  • सुनिल नारायण श्रेष्ठ
  • ज्योत्सना श्रेष्ठ
  • प्रबल जंग पाण्डे
  • सन्दीप गडिया
  • हेमन्त गोल्छा
  • शक्ति बेगानी र
  • उदीप श्रेष्ठ

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।