ज्योति विकास बैंकले संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने


ज्योति विकास बैंकले संस्थापक र सर्वसाधारण शेयरको अनुपातलाई परिमार्जन गर्ने भएको छ ।

हाल बैंकमा संस्थापकको हिस्सा ५४.३५ प्रतिशत तथा सर्वसाधारणको ४५.६५ प्रतिशत रहेको छ । यो अनुपात राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार संस्थापकको ५१ तथा सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्न लागिएको हो ।

बैंक सञ्चालक समितिको बैठकले संस्थापकको हिस्सा ५१ प्रतिशत कायम गर्नका लागि ३.३५ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको हो । यस सम्बन्धि कामलाई पूर्णता दिन, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनका लागि प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार ४३८ रुपैंया छ । जस अनुसार संस्थापक शेयरको संख्या १ करोड ८९ लाख ९६ हजार ९१९ कित्ता छ । बैंकले उल्लेखित शेयरमध्ये ११ लाख ७० हजार ९२३ कित्ता संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।