शेयर बजारमा चौंथो कारोबार दिन नेप्से ५.४० अंकको सुधार आएको छ । लगातार तीन कारोबार दिन घटेको बजार मंगलबार ५.४० अंकले बढेर १ हजार ६४३ दशमलव ०४ अंकमा बजार बन्द भएको छ ।
आजको बजारमा ५० करोडभन्दा धेरै पूँजी भएका ठूला कम्पनीहरुको कारानेबार मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स पनि १.१४ अंकले बढेर ३२६ दशमलव ६० अंकमा पुगेको छ ।
मंगलबारको बजारमा ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने कारोबारमा आएका १२ उपसमूहको परिसूचकमध्ये १० वटा बढेका छन् । विकास बैंक र बैंकिङ्ग इन्डेक्स भने घटेका छन् ।
मंगलबार कारोबारमा आएका कम्पनीमध्ये ८३ कम्पनीको शेयरमूल्य बढ्दा ७० कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
- ब्यापार सूचक सबैभन्दा धेरै बढ्यो, दश उपसमूहका सूचकमा वृद्धि
मंगलबार ब्यापार सूचक सबैभन्दा धेरै ४.८० प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूहको २.४९ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक २.१८ प्रतिशत र अन्यको परिसूचक १.३९ प्रतिशतले वृद्धि भएको छ । होटल, जलविद्युत, वित्त, उत्पादन, लघुवित्त र जीबन बीमाको सूचक १ प्रतिशत भन्दा थोरैले बढेका छन् । यता विकास बैंक समूहको परिसूचक ०.७६ प्रतिशत र बैंकिङ ०.१७ प्रतिशतले घटेको छ ।
मंगलबार १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर २९ हजार ६०६ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब २३ करोड ७९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम २२ करोड रुपैयानँले घटेको हो ।
- नेपाल दुरसञ्चार कम्पनीको उच्च कारोबार
आज नेपाल दुरसञ्चार कम्पनी लिमिटेको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ३ लाख २१ हजार ५३२ रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी एनआईसी एशिया बैंकको ८ करोड ३४ लाख, प्राइम कमर्सियल बैंकको ८ करोड ४ लाख, एचआईडिसीएलको ६ करोड ३७ लाख, शिवश्री हाइड्रोपावरको ५ करोड ९७ लाख, र डिप्रोक्स लघुवित्तको ५ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनीको संस्थापक, अपि पावर, प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्स शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको गुराँस लाइफको ४ करोड ७० लाखको कारोबार भएको छ ।
त्यस्तै कारोबार संख्याका आधारमा जनरल इन्स्यनेरेन्सको सर्वाधिक १ हजार ९ सय ४४ पटक कारोबार भएको छ । शेयर संख्याका आधारमा भने शिवश्री हाइड्रोपावरको ३ लाख ४६ हजार ६०८ कित्ता शेयर खरिद बिक्री भएको छ ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-11-03 15:00:00 | |||
NTC | 100,321,532.00 | 751.00 | |
NICA | 83,448,967.00 | 619.00 | |
PCBL | 80,449,003.00 | 341.00 | |
HIDCL | 63,700,892.00 | 229.00 | |
SSHL | 59,769,894.00 | 174.00 | |
DDBL | 51,027,200.00 | 970.00 | |
RBCLPO | 48,932,885.00 | 12,645.00 | |
API | 48,137,970.00 | 237.00 | |
PRVU | 48,065,793.00 | 262.00 | |
GLICL | 47,058,134.00 | 606.00 |
- पाँच कम्पनीको शेयर मूल्य ९ प्रतिशत धेरै बढ्यो
मंगलबारको बजारमा ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी, समीट लघुवित्त, पाँचथर पावर, शिवश्री हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको संस्थापकको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको हो ।
राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड, एनआईबिएल प्रगति फण्ड, लक्ष्मी इक्वीटी फण्ड, र नबील इक्वीटी फण्ड शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-11-03 15:00:00 | |||
BBC | 2,341.00 | 212.00 | 9.96 |
SMFDB | 942.00 | 85.00 | 9.92 |
PPCL | 203.00 | 18.00 | 9.73 |
SSHL | 174.00 | 15.00 | 9.43 |
RBCLPO | 12,645.00 | 1,045.00 | 9.01 |
RBCL | 13,752.00 | 1,002.00 | 7.86 |
NICBF | 9.76 | 0.55 | 5.97 |
NIBLPF | 9.85 | 0.54 | 5.80 |
LEMF | 9.54 | 0.43 | 4.72 |
NEF | 9.50 | 0.40 | 4.40 |
उता आजको बजारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक २.५५ प्रतिशतले गुमाएका छन् । दीब्यश्वरी हाइड्रोपावर, युनियन, जोशी, अरुण भ्याली, घलेम्दी हाइड्रोपावर, नेपाल सेवा लघुवित्त, सबैको लघुवित्त, गुराँस लाइफ र आँखुखोला जलविद्युत कम्पनी शीर्ष गुमाउने दश कम्पनीमा समेटिएको छ ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-11-03 15:00:00 | |||
MLBL | 229.00 | -6.00 | -2.55 |
DHPL | 116.00 | -3.00 | -2.52 |
UNHPL | 120.00 | -3.00 | -2.44 |
JOSHI | 125.00 | -3.00 | -2.34 |
AHPC | 251.00 | -6.00 | -2.33 |
GHL | 127.00 | -3.00 | -2.31 |
NSEWA | 718.00 | -17.00 | -2.31 |
SLBSL | 814.00 | -19.00 | -2.28 |
GLICL | 606.00 | -11.00 | -1.78 |
AKJCL | 116.00 | -2.00 | -1.69 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया