एक करोड रकमसहित शंकास्पद हुण्डी कारोबारी प्रहरीको नियन्त्रणमा


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक करोड रकमसहित शंकास्पद हुण्डी कारोबारी पक्राउ गरेको छ ।

प्रहरीले सोमबार अपराह्न ५ बजे काठमाडौंको ओम बहालस्थित गोल्डेन लिफ होटलबाट तीनजना शंकास्पद हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । उक्त होटलबाट अवैधरुपमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा कारबाही सञ्चालन गर्दा ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ९ सय अमेरिकी डलरसहित उनी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३१ वर्षीय विकास मित्तल रहेका छन् । झापाको दमक(११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका(६ ताहाचाल बस्दै आएका मित्तलसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा झापाको दमक नगरपालिका( स्थायी घर भई हाल काठमाडौं(११ बस्ने २७ वर्षीय कमल मित्तल र पर्वतको कुश्मा नगरपालिका(१ घर भई हाल काठमाडौं(२२ बस्दै आएका गणेश पौडेल रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।