गुराँस लाइफको बोनस आजसम्म कायम शेयरधनीले मात्र पाउने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले आव २०७४/७५ बाट वितरण गर्ने ५.२५ प्रतिशत बोनस शेयर बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।

कम्पनीले मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तिनकुने, काठमाडौँमा आह्वान गरेकोदशौं वार्षिक साधारण सभाका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुकक्लोज मिति तोकेको छ । यसअनुसार कार्तिक १९ गते बुधबबारसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । यसअनुसार कम्पनीको बोनस पाउन आजसम्म शेयरधनी भैसकेको हुनुपर्छ ।

कम्पनीको सञ्चालक समिति भदौ १९ गते सम्पन्न बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई ५ दशमलव २५ प्रतिशत बोनस शेयर (शतप्रतिशत हकप्रदले समेत पाउने गरी) वितरण गर्ने र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गरिने निर्णय गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।