शिवश्री हाइड्रोपावरको शेयरमूल्य घट्न थालेको छ । आईपीओ जारी गरेको डेढ वर्षपछि कार्तिक १३ गतेदेखि नेप्सेमा कारोबारमा आएको कम्पनीके चार कारोबार दिन सकारात्मक सर्किट लागेर शेयरमूल्इ बढेको थियो ।
बुधबारदेखि भने कम्पनीको शेयरमूल्य घट्न थालेको छ । गित बिहीबार (१३ गते) १२० रुपैयाँमा कारोबार खुलेको कम्पनीको मंगलबारसम्म ५४ रुपैयाँले बढेर १७४ रुपैयाँमा कारोबार भएको थियो । बुधबार आधा घण्टामा नै कम्पनीको शेयरमूल्य १३ रुपैयाँले घटेर १६१ मा झरिसकेको छ ।
समाचार तयार पार्दासम्म कम्पनीको पाँचौं ठूलो कारोबार अर्थात ४१ हजार ५४० कित्ता शेयर ६९ लाख ७१ हजार रुपैयाँमा खरीद बिक्री भएको छ ।
आईपीओमा शेयर प्रत्याभूति गरेका मर्चेन्ट बैंकरहरुले शेयर नसकार्दा कम्पनीको आईपीओ बाँडफाँडको लामो समयसम्म शेयर कारोबारमा आउन सकेको थिएन । काारबोरमा आएपछि केही दिन कारोबार रकमका आधारमा समेत शीर्ष स्थानमा रहँदै आएको कम्पनीको अब भने मूल्य घट्न थालेको हो ।
विगत चार दिनमा कम्पनीको शेयर कारोबार भएको कित्ता, रकम, उच्च मूल्य, न्यून मूल्य, बन्द मूल्य हेर्नुहोस्:-
S.No | Date | Open | High | Low | LTP | % Change | Qty | Turnover |
1 | 11/3/2020 | 166 | 174 | 158 | 174 | 9.43 | 346,608 | 59,769,894 |
2 | 11/2/2020 | 152 | 159 | 152 | 159 | 9.66 | 283,550 | 45,084,010 |
3 | 11/1/2020 | 138 | 145 | 138 | 145 | 9.85 | 1,605,335 | 232,772,925 |
4 | 10/29/2020 | 120 | 132 | 120 | 132 | 10 | 769,150 | 101,525,130 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया