सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी शिवनाथ पाण्डेले दिए राजिनामा, आफ्नै व्यवसाय सुरु गर्ने


कार्यकाल सकिन केही समय मात्र बाँकी रहँदै गर्दा सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् ।

व्यक्तिगत कारण देखाउँदै पाण्डेले मंसिर पहिलो सातादेखि लागू हुने गरी राजिनामा दिएका हुन् ।

पाण्डेले कार्यकाल सकिन ३ महिना बाँकी हुँदा राजिनामा दिएका हुन् । नोटबजारसँगको कुराकानीमा पाण्डेले अब आफ्नै व्यवसाय सुरु गर्ने भएकाले राजिनामा दिएको बताए ।

मंसिर १ देखि लागू हुने गरी राजिनामा दिएको बताएका उनले सञ्चालक समितबाट स्वीकृत ह्ुन बाँकी रहेको बताए ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेर कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भए पछि सूर्या लाइफको व्यवस्थापन सम्हाल्न पुगेका पाण्डेले आफ्नो कार्यकालमा कम्पनीलाई माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।