ग्लोकल टीन हीरो मार्फत किशोर किशोरीहरूका लागि छात्रवृत्ति प्रदान गरिने


किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.लि. को एक कार्यक्रम हो ।

यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । उनीहरुमा उद्यमशील सोचको बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो । यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

ग्लोकलले देशभरका किशोरकिशोरीहरूबाट अधिख संख्यामा आवेदनहरू प्राप्त गरिरहेको छ । उनीहरुले नबिनतम कार्यहरुमा प्रभावकारी सोच लिएर समाज तथा राष्ट्रको हितका लागि अग्रसर देख्दा ग्लोकल हर्सित भएको आयोजकको भनाई छ । आवेदन प्राप्त पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेजको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ भने अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता गरी २०२० को बिजेता घोषणा गरिने छ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन । विजेताहरू मात्र नभएर, मान्यता प्राप्त २० अन्डर २० किशोर किशोरीहरु तथा फाइनलिस्टहरूलाई उनीहरूको शैक्षिक यात्रालाई सहज र समर्पणको साथ अगुवाई गर्न छात्रवृतिको अवसर प्रदान गरिनेछ ।

ग्लोकल टीन हीरो किशोरकिशोरीहरुका लागि अवसरहरू अन्वेषण गर्ने प्लेटफर्म हो, उनिहरुले ग्लोकल टीन हीरो परियोजनाका साझेदार भएका प्रमुख शैक्षिक संस्थाहरूबाट शैक्षिक यात्राको नेतृत्व गर्ने अवसरहरू पनि लिन सक्छन ्। विभिन्न साझेदारहरू र सहयोगीहरू जीटीएच नेपालसँग सम्बन्धित छन् र प्रत्येक पार्टनरले यस कार्यलाई पूरा हृदयले समर्थन गरिरहेका छन ।

यो छात्रवृत्तिहरु मार्फत उदीयमान र महत्वकांक्षी किशोर किशोरीहरुलाई सकारात्मक दृष्टिकोणको विकासगरी उनीहरुमा क्यारियर लक्ष्यहरुलाई प्राप्त गर्न मार्गनिर्देशन गर्ने पनि लक्ष्य छ । जसका लागि ग्लोकलले चेल्सि इन्टरनेष्नल स्कुल, किग्ंस कलेज तथा दि ब्रिटिश कलेजमा विभिन्न तहका छात्रवृति उप्लब्ध गराउने छ ।

किशोर किशोरीहरुलाई आउँदो दिनमा उनीहरूको शिक्षा सपनाहरुमा बाँच्न एक निश्चित प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ र उनीहरूको विकास समृद्धि गर्न प्रशस्त अवसरहरू प्रदान गर्ने पनि कार्यक्रमको उद्धेश्य रहेको बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।