कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच छुट सम्झौता


कुमारी बैंक र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिस्ठान भण्डारका बिचमा छुट सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसै बीच सम्पूर्ण नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरेका हुन् ।

१८४ शाखा, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत कुमारी बैंकले सेवा प्रवाह गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।