शेयर बजारमा दैनिक कारोबार रकम घट्न थाल्यो, नेप्सेमा सामान्य गिरावट

0
Shares

शेयर बजारमा दैनिक कारोबार रकम घट्न थालेको छ । साताको पहिलो कारोबार दिन आइतबार २ अर्ब ९३ करोडको शेयर कारोबार भएको बजारमा बुधबार कारोबार रकम १ अर्ब १८ करोड रुपैयाँ घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ ।

यसबीचमा सोमबार २ अर्ब ४५ करोड र मंगलबार २ अर्ब २३ करोडको शेयर कारोबार भएको थियो। मंगलबारको तुलनामा मात्रै कारोबार रकम ४८ करोडले घटेको हो ।

गत बिहीबारदेखि घट्दो क्रममा रहेको नेप्से मंगलबार सामान्य अंकले सकारात्मक रहेपनि बुधबार पुन दबाबमा परेको छ । आज नेप्से २.३९ अंकले घटेर १ हजार ६४० दशमलव ६४ अंकमा बजार बन्द भएको छ ।

आजको बजारमा ५० करोडभन्दा धेरै पूँजी भएका ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स पनि ०.११ अंकले घटेर ३२६ दशमलव ४९ अंकमा झरेको छ ।

मंगलबारको बजारमा २ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने कारोबारमा आएका १२ उपसमूहको परिसूचकमध्ये ब्यापार सहित पाँच उपसमूहको परिसूचक बढेका छन् भने ७ वटा घटेका छन् । निर्जीबन बीमा १.०७ प्रतिशतले घट्दा ब्यापार २.०७ प्रतिशतले बढेको छ ।

बुधबार २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता शेयर २४ हजार ८२ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

  • प्राइम बैंकको उच्च कारोबार

आज प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी अरुण काबेली पावरको ८ करोड २४ लाख, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ७ करोड ५७ लाख, र अपि पावरको ५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

एनआईसी एशिया बैंक, शिवश्री हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स कम्पनी, र सूर्या लाइफको संस्थापक शेयर शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको सूर्या लाइफको संस्थापक शेयरको ३ करोड ३४ लाखको कारोबार भएको छ ।

त्यस्तै कारोबार संख्याका आधारमा जनरल इन्स्यनेरेन्सको सर्वाधिक १ हजार १८९ कारोबार भएको छ । शेयर संख्याका आधारमा भने अरुण काबेली पावरको ३ लाख ६ हजार ७०३ कित्ता शेयर खरिद बिक्री भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-04 15:00:00
PCBL 90,533,433.00 346.00
AKPL 82,465,977.00 268.00
NTC 75,747,345.00 755.00
API 51,161,798.00 245.00
GLICL 49,023,561.00 607.00
HIDCL 43,396,913.00 234.00
NICA 38,399,020.00 619.00
SSHL 35,205,320.00 165.00
NRIC 33,451,817.00 861.00
SLICLP 33,400,000.00 334.00
  • दुई कम्पनीको शेयर मूल्य ९ प्रतिशत धेरै बढ्यो

बुधबारको बजारमा २ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी र आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको बजारमा कालिका पावर, पाँचथर पावर, नेपाल ल्यूब आयल, सारथी नेपाल लघुवित्त, आँखुखोला हाइड्रोपावर, अपि पावर, युनियन हाइड्रोपावर, र एनआईसी एशिया ग्राथ फण्डको इकाइमूल्य शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-11-04 15:00:00
BBC 2,575.00 234.00 10.00
SGI 342.00 31.00 9.97
KPCL 200.00 13.00 6.95
PPCL 216.00 13.00 6.40
NLO 208.00 9.00 4.52
SNLB 950.00 40.00 4.40
AKJCL 120.00 4.00 3.45
API 245.00 8.00 3.38
UNHPL 124.00 4.00 3.33
NICGF 10.10 0.22 2.23
  • शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

उता आजको बजारमा शिवश्री हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सर्वाधिक ५.१७ प्रतिशतले गुमाएका छन् । मंगलबार ९ प्रतिशत धेरैले मूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको संस्थापकको शेयरमूल्य ४.१९ प्रतिशतले घटेको छ ।

यसैगरी कामना सेवा विकास बैंक, समीट माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल फाइनान्स, माउन्टेन हाइड्रोपावर, एनआईसी एशिया डिबेञ्चर, गुराँस लघुवित्त, र नेपाल इन्भेष्ट बैंकको संस्थापक शेयरको मूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-04 15:00:00
SSHL 165.00 -9.00 -5.17
RBCLPO 12,115.00 -530.00 -4.19
KSBBL 229.00 -9.00 -3.78
SMFDB 916.00 -26.00 -2.76
RBCL 13,402.00 -350.00 -2.55
NFS 285.00 -7.00 -2.40
MHNL 198.00 -4.00 -1.98
NICAD8283 1,133.00 -22.00 -1.90
GLBSL 777.00 -15.00 -1.89
NIBPO 368.00 -7.00 -1.87

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ कात्तिक २०७७, बुधबार  १७ : ०१ बजे