‘डिजिटल कमन करेन्सी’ का लागि सार्क फाइनान्स स्तरमा अध्ययन गर्नुपर्छ: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रहरुका लागि डिजिटल कमन करेन्सीको अवधारण अभ्यासमा ल्याउनुभन्दा अघि अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार भएको सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भएको ४० औ बैंठकमा बोल्दै गर्भनर अधिकारील सार्क फाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अवलम्बन गर्न सार्क फाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा राखेका हुन् ।

गर्भनर अधिकारीले बैठकमा कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्य रुपमा वृद्धि भएको र यसले वित्तीय पहुँचमा वृद्धि हुने धारणासमेत व्यक्त गरेका थिए । सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनीकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा जानकारी दिएका थिए ।

गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवं कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरु जस्तैः नीतिगत दरमा कटौती, पुर्नकर्जाको सीमा वृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनीङ व्यवस्था, थप चालु पूँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण÷ पुनर्संरचना लगायतका विषयमा आफ्नो धारणा प्रस्तुत् गरेका थिए ।

सो अवसरमा हाल सार्क फाइनान्स केन्द्रीय बैंकहरुको अध्यक्ष रहेको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको पोलिसी रेसपोन्स कार्यान्वयन गरेको बताए ।

सार्क फाइनान्सको अध्यक्ष भारतिय रिजर्भ बैंक रहेको हुनाले रिर्जव बैंक अफ इण्डियाले नै सो बैंठकको आयोजना गरेको हो । बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू द अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।