नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले कार्तिक २७ गते डाक्यो साधारण सभा

0
Shares

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले कार्तिक २७ गते, चौधौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको कार्तिक १६ गते सम्पन्न बैठकले बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसो साढे १२ कम्पनीको चौधौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले बैंक कर्जा सीमा सम्बन्धमा राखिएको विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने छ।

यसैगरी २०७५ साल असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यसैगरी आव २०७५।७६ र २०७६।७७का लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।