नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वर कार्यालयद्वारा घातक रोगको दाबी भुक्तानी

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई यही कार्तिक २१ गते घातको रोगको दाबी भुक्तानी गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले बीमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बीमित राईले सन् २०१९–०४–१० मा ५० बर्षको उमेर घातक रोग ५ लाखको बीमा गरे वापत बार्षिक किस्ता ६ हजार १४० रुपैयाँ पर्ने गरी बीमा गराएका थिए ।

वार्षिक २ किस्ता तिरिसकेका बिमित राइलाई एक्कासी घाँटीमा Nasopharynx को क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख ज्ञानेन्द्र मान तुलाधरले जानकारी दिए ।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे ।

रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्ण लगायतको पनि उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।