एभरेष्ट बैंकको ब्यवसाय खुम्चिँदा घट्यो नाफा, पोहोरकोभन्दा आधा मात्रै आर्जन

0
Shares

एभरेष्ट बैंक (EBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा आधाभन्दा धेरै अर्थात ५१.५४ प्रतिशत कम हो । गत आवको यसै अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको व्यवसाय विस्तार खुम्चँदा खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको हो ।

बैंकको व्यवसाय राजधानी बाग्मति प्रदेश अर्थात काठमाण्डौं केन्द्रित हुनु तथा लकडाउन र अनेकन कारणले बैंकको व्यवसाय विस्तार हुन नसक्दा बैंकको खुद नाफामा असर पुगेको हो । बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन गरेको ५ अर्ब ६४ करोड ८२ लाख रेभेन्यूमध्ये बाग्मति प्रदेशमा मात्रै ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८.९५ प्रतिशत रहेको छ । काठमाण्डौं सेन्ट्रिक व्यवसायका कारण बैंकको यस त्रैमासको आम्दानी बढी प्रभावित भएको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको कर्जा लगानी ३.३१ प्रतिशतले मात्र बढेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशत अर्थात ४० करोड ९२ लाख २१ हजार रुपैयाँले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकको यस्तो नाफा ३० करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको निक्षेप सङ्कलन ९ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ८ अर्ब ५१ करोड २ लाख ७ हजार रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ । गत आवको यसै अवधिमा ३४.०९ रुपैयाँबाट १८.२८ रुपैयाँले घटेर १५.८१ रुपैयाँमा झरेको छ । गत आवबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको यो लाभांश विगत ९ वर्षयताकै न्यून हो ।

एभरेष्ट बैंकको शेयरधनी कोष, निक्षेप लागतमा केही सुधार देखिएपनि अधिकांश सूचक दबाबमा रहेका छन् । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ५१.५४ प्रतिशत अर्थात ५० करोड ८७ लाखले घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा संकुचित बनेको छ ।

बैंकको जगेडा कोषको आकार गत असोज मसान्तको तुलनामा सामान्य घटेर ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) १८.६७ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशत, पूँजीकोष अनुपात १३.०३ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, आधारदर ७.०७ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा छ ।

Particulars Everest Bank Limited   ( Rs in ‘000)    
Q1,  2077/2078 Q1, 2076/2077 Difference
Paid-up Capital 8,510,207.00 8,510,207.00 0.00%
Retained Earnings 2,127,830.00 1,793,066.00 18.67%
Reserves 8,079,137.00 8,095,614.00 -0.20%
Profit/(Loss) for the Year 334,764.00 690,868.00 -51.54%
EPS (Rs.) 15.81 34.09 -53.62%
Net worth per share (Rs.) 223.32 227.33 -1.76%
Deposit from Customers 156,549,579.00 143,545,475.00 9.06%
Loans & Advances to Customers 115,924,504.00 112,211,738.00 3.31%
Net Interest Income 1,023,298.00 1,432,519.00 -28.57%
Net Fee and Commission Income 186,640.00 224,288.00 -16.79%
Impairment Charge/(Reversal) 204,394.00 66,975.00 205.18%
Operating Profit 478,263.00 986,999.00 -51.54%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments 135,977.00 308,479.00 -55.92%
Capital Adequacy Ratio (CAR) (%) 13.03 13.79 -5.51%
Non-Performing Loan (NPL) 0.22 0.17 29.41%
CCD (as per NRB Directive) 70.27 74.68 -5.91%
Cost of Fund (%) 5.37 6.38 -15.83%
Base Rate (%) 7.07 8.52 -17.02%
Qtr End PE Ratio (Rs.) 44.97 15.89 183.01%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।