समता लघुवित्तको खुद नाफामा तीन गुणा वृद्धि


समता लघुवित्त वित्तीय संस्था (SMATA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख ९० हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै २९५ प्रतिशतले वृद्धि भएको हो ।

व्यवसाय घट्दै गर्दा २ करोड ५८ लाख रुपैंया खराब कर्जा असुली गरेका कारण लघुवित्तको नाफामा तिब्र सुधार देखिएको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ५१ हजार रुपैयाँबाट घटेर १ करोड ६९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।

चुक्तापुँजी २२ करोड ९३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर २३ रुपैयाँ ४२ पैसा पुगेको लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.६९ प्रतिशत छ ।

Particulars Samata Laghubitta  ( Rs in ‘000)    
Q1,2077/2078 Q1,2076/2077 Change
Paid-up Capital 229,340.16 60,672.00 278.00%
Reserves 155,167.07 80,318.04 93.19%
Profit/(Loss) for the Year 11,190.75 2,836.49 294.53%
EPS (Rs.) 23.42 18.70 25.24%
Net worth per share (Rs.) 188.49 186.21 1.22%
Borrowings 984,131.31 803,659.95 22.46%
Deposit from Customers 657,689.93 560,651.57 17.31%
Loans & Advances to Customers 1,833,441.49 1,423,396.61 28.81%
Net Interest Income 16,981.02 23,351.89 -27.28%
Provision for possible losses 14,140.90 17,974.01 -21.33%
Operating Profit -8,238.38 1,427.77 -677.01%
Non-Performing Loan (NPL) 1.69% 2.22% -23.87%
Cost of Fund (%) 6.45% 11.28% -42.82%
Qtr End PE Ratio  28.18 60.43 -53.37%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।