घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा ५लाख ५८ हजार खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा रहेको लघुवित्त नाफामा पुगेको हो । गत आवको अन्तयसम्म भने कम्पनीले १४ लाख २६ हजार नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ लाख ४२ हजार बढेर ४६ लाख ४० हजार पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा भने १ लाख ८२ हजारले ऋणात्मक रहेको छ ।
असोज मसान्तसम्ममा २ करोड ७६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ८.०८ रुपैयाँ रहेको छ । यस्तै जगेडा कोष भने १५ हजारले धनात्मक रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा पनि लघुवित्तको जगेडा कोष ४८ लाख ५६ हजार ऋणात्मक रहेको थियो।
लघुवित्तले असोज मसान्तसम्ममा ४ करोड १० लाख निक्षेप र ३३ करोड ६२ लाख रुपैयाँ सापटीबाट ३३ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको निष्क्रिय कर्जा भने ह्वात्तै बढेको छ । गत आवको यसै अवधिमा १.६६ प्रतिशत रहेको खराब कर्जा अनुपात ३.६८ प्रतिशत पुगेको छ ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्तिक २१ गते शुक्रबार एक आपसमा गाभिने सहमति गरेका छन् । यसपछि कात्तिक २३ गतेदेखि घोडीघोडाको शेयर कारोबार रोक्का छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया