आरएसडिसी लघुवित्तको नाफा २३ प्रतिशतले बढ्यो

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को खुद नाफा २३.२८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा २ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले २ करोड ८१ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

कर्जा लगानीदेखि सञ्चालन नाफासम्म घटेको लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाउँदा खुद नाफामा सुधार देखिएको हो ।

चुक्ता पूँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६.७५ रुपैयाँ छ भने जगेडा कोषको आकार ९३ प्रतिशतको आकर्षक सुधार हुँदा प्रतिशेयर नेटवर्थ बढेर १२६.१२ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.४१ गुणा छ।

असोज मसान्तसम्ममा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ सापटी लिएर अन्य लघुवित्त कम्पनीहरुलाई २ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले ३ करोड ९१ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.३५ प्रतिशत र कोषको लागत ७.२१ प्रतिशत छ ।

Particulars RSDC Laghubitta  ( Rs in ‘000)    
Q1,  2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 671,523.00 633,512.00 6.00%
Reserves 175,371.00 90,508.00 93.76%
Profit/(Loss) for the Year 28,127.00 22,815.00 23.28%
EPS (Rs.) 16.75 14.41 16.24%
Net worth per share (Rs.) 126.12 114.29 10.35%
Borrowings 2,684,807.00 2,549,000.00 5.33%
Deposit from Customers
Loans & Advances to Customers 2,679,574.00 2,962,846.00 -9.56%
Net Interest Income 39,143.00 38,500.00 1.67%
Provision for possible losses 3,662.00 4,555.00 -19.60%
Operating Profit 33,267.00 35,613.00 -6.59%
Non-Performing Loan (NPL) 0.35 0.19 84.21%
Cost of Fund (%) 7.21 11.22 -35.74%
Qtr End PE Ratio  32.41 23.95 35.32%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  १० : ०२ बजे