तिहार नजिकिँदै गर्दा सुनको भाउ एकैदिन ३ हजार ४०० रुपैयाँले घट्यो

0
Shares

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा सुनको भाउ तोलामा एकैदिन तीन हजार ४०० रूपैयाँ घटेको छ । यस्तै आज चाँदीको भाउमा पनि तोलामा ७० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापाावाल सुन ९४ हजार ८०० रूपैयाँ, तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २१५ रुपैयाँ तोकेको छ ।

सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २०० रूपैयाँ, तेजाबी सुन ९७ हजार ७०० रूपैयाँ र चाँदीको भाउ १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबारदेखि तिहार सुरु हुँदैछ । चाडबाड नजिकिएको बेला सुन तथा चाँदी किन्न (जोड्न) चाहनेहरुका लागि भाउमा गिरावट आउँदा राहत मिलेको छ । नेपाली परम्परा अनुसार सुन चाँदीको गरगहना चाडबाडको बेलामा किन्ने प्रचालन रहँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  ११ : ५६ बजे