नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत


नेपाल लाइफ इन्स्योरेन्सले तिहारको सांगीतिक शुभकामना गीत सार्वजनिक गरेको छ । तिहारलाई लक्षित गर्दै नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै गरेको अवस्थालाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको हो ।

हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ट रुपमा पस्कने प्रयास कम्पनीले गरेको जनाएको छ ।

स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ । शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।

तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् ।

शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतना समेत फैलाउने प्रयास गरिएको छ ।

त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।

आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।

गीतको भिडियो पनि उत्कृष्ट बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने विश्वास इन्स्योरेन्सले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ कात्तिक २०७७, बिहीबार  १४ : १५ बजे