प्रभु बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यू आर कोड स्क्यान गरी पैसा झिक्न सक्ने


प्रभु बैंकले मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यू आर कोडा स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो सेवा नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग भएको बैंकले जनाएको छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयका नगद काउण्टरहरुबाट सहज रुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्ति मिल्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।